अपडेट 
२०७७ चैत्र २९, आईतवार ०७:२०

जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले मधेशमा जनतमत पार्टीले जनता राज्य स्थापना गर्ने बताएका छन् ।

जनमत पार्टीका प्रथम महाधिवेशलाई शनिवार जनकपुरधाममा सम्बोधन गर्दै डा. राउतले मधेश केन्द्रित दलहरुले मधेशलाई जंगल राज्य बनाउन लागेकोले अव हुने निर्वाचनमा जनमत पार्टीले भारी वहुमत ल्याएर जनताको राज्य स्थापना गर्ने बताए । वीर मधेशी शहिदहरुको सपना पुरा गर्न तथा जनता राज्य स्थापना गर्न अव हुने निर्वाचनमा जनमत पार्टी बलियो रुपमा प्रस्तुत हुने दावी गर्दै डा.राउतले भने,‘ जनमत पार्टीका हरेक कार्यकर्ताहरु अहिलेदेखि निर्वाचनको तयारीमा जुट्नुस्, घरघरमा गएर जनतालाई वर्तमान अवस्थामा बारे बताउनुस् ।’ सांगठनिक रुपमा आफ्नो पार्टी कमजोर भएपनि जनता राज्य स्थापनाका लागि मनोबल उच्च राखेर अहिलेदेखि नै संगठन विस्तारमा जुट्न डा.राउतले नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए । छोटो सम्बोधन गरेका डा.राउतले भने,‘ हामी सांगठनिक हिसावले छोटो छौ । तर जनताको हामीप्रति आशा र भरोसा छ । यसैबीच, जनमत पार्टीको प्रथम महाधिवेशनबाट डा. सिके राउत नै पुनः अध्यक्ष हुने भएको छ । पार्टीको प्रथम महाधिवेशनमा अध्यक्षका लागि डा. राउतको एकल उम्मेदवारी परेकाले पुनः राउत नै अध्यक्ष हुने निर्वाचन समितिका संयोजक संजय कुमार सिंहले जानकारी दिए ।

यसैगरि, पार्टीमा उपाध्यक्षको ७ वटा पद छुट्टाईएको छ । तर उम्मेदवारी भने ४ जनाको मात्रै परेको छ । उपाध्यक्षका लागि मो. अब्दुल खान, ई. बसन्तकुमार कुशवाहा, ई. दीपककुमार साह र ई. नरेन्द्र प्रसाद चौधरीले उम्मेदवारी दिएका हुन् । त्यस्तै महासचिवमा चन्दनकुमार मिश्रको मात्र उम्मेदवारी परेको छ । उपमहासचिवमा कोही पनि उम्मेदवारी नदिएको उनले बताए । त्यस्तै सचिव बढीमा सातजना राख्न पाइनेमा ई.सुरेन्द्र नारायण यादव मात्र उम्मेदवारी दिएका छन् । केन्द्रीय सदस्य खुल्लातर्फ २३ सिटमा ४६ जनाको उम्मेदवारी परेको छ । त्यस्तै गैर–आवासीय मधेशी संघमा ४ सिटका लागि ५ जना र महिला १५ सिटमा मात्र १३ जनाले उम्मेदवारी दिएका छन् । शनिवार नै महाधिवेश प्रतिनिधीहरुले मतदान गरेपनि मतगनणा भने आईतवारदेखि हुने निर्वाचन समितिले जनाएको छ । महाधिवेशनमा मधेशका २२ जिल्लाका ५ हजार प्रतिनिधि र त्यतिकै संख्यामा स्वयंमसेवक सहभागी भएको संयोजक सिंहले बताए ।

Comment


Related News

Latest News

Trending News