अपडेट 
२०७७ चैत्र २९, आईतवार ०७:२६

डा.सीके राउतका कार्यकर्ताले अझै पनि ‘फ्रि मधेस’को झण्डा बोक्न छाडेको छैन् । जेलमै रहेका बेला डा. राउतले अलग स्वतन्त्र मधेस देश बनाउने एजेण्डा त्याग्ने भन्दै सरकारसँग ११ बुँझै सम्झौता गरेका थिए । सरकारसँगको सम्झौता लगत्तै मूलधारको राजनीति गर्ने भन्दै उनी लहानबाट जनमत पार्टीको घोषणा गरे । तर उनका कार्यकर्ता अझै पनि स्वतन्त्र मधेसको माग नछाडेको बताउँछन् । शनिवार जनकपुरमा आयोजित महाधिवेशनमा राउतका धेरै कार्यकर्ता ‘फ्रि मधेस’ लेखिएको झण्डा बोकेर आएका थिए । ‘फ्रि मधेस’को झण्डा बोकेका एक कार्यकर्ताले भने, ‘ हामीले आफ्नो एजेण्डा छाडेका छैनौं । खुल्ला रुपमा कार्यक्रम गर्नका लागि मात्र अध्यक्ष जीले सरकारसँग सम्झौता गर्नुभएको छ ।’ मधेस आजाद गरेरै छाड्ने कुरा राउतले पनि भन्दै आएको उनको भनाई थियो ।

गर्मीले कार्यकर्ताको बेहाल

अत्यधिक गर्मीका कारण महाधिवेशनमा सहभागी हुन जनकपुर आएको कार्यकर्ताको बेहाल भयो । हुन त कार्यकर्ताका लागि पनि पण्डाल निर्माण गरिएको थियो । तर पातलो लुगा प्रयोग गरिएकाले घाम छेक्न सकेन । पण्डालभित्र बसेका कार्यकर्ता पानी पानी चिच्याइरहेका थिए । तर स्वयंसेवकले कार्यकर्ता माझ पर्याप्त पानी पुर्याउन सकेन । गर्मीका कारण मात्र कार्यकर्ताहरु समस्या झेलेन, खाना नपाउँदा भोकै बसे । महाधिवेशनमा आएका कार्यकर्ताका लागि सो पार्टीले खानाको व्यवस्था मिलाएका थिएन । टाढाबाट आएका कार्यकर्ताहरु खाना नपाएर दालमोट च्यूरा खाइरहेको दृष्य जताततै देखियो । कतिपयले त महाधिवेशनमा ल्याएर नेताहरुले भोकै राखेकोमा आक्रोस पनि पोखे ।

Comment


Related News

Latest News

Trending News