अपडेट 
२०७७ चैत्र २९, आईतवार ०७:३३

कलैया । प्रदेश २ का भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनलले भोजपुरी भाषाको संरक्षण एवम सम्बद्र्धन गर्नका लागि प्रदेश सरकार लागिपरेको बताएका छन् ।

फेटा गाँउपालिकाको कार्यालयमा शनिवार भोजपुरी भाषामा प्रकाशित सिम्रौनगढको ईतिहास पुस्तकको बिमोचन गर्दै मन्त्री सोनलले सिम्रौनगढको इतिहास भोषपुरी भाषामा लेखन गरि भोजपुरी कला, सस्कृतिको जर्गेना गर्नमा ठुलो मदत पुग्ने भन्दै लेखक बिजय किशोर पाण्डेयलाई धन्यवाद ब्यतm गरेका थिए । सिम्रौनगढलाई पर्यटकिय स्थलको रुपमा बिकास गर्नका लागि प्रदेश सरकार लागी परेको बताउदै ईसरा पोखरीको सौन्र्दयकरणका लागि बजेट समेत छुटाएको जानकारी दिए । प्रदेश सरकारले सिम्रौनगढको ईतिहास विश्वमा प्रष्ट रुपले जान्न सकोस भने हिसावले अगाडी बढाउने प्रयास गरेपनि संघिय सरकारले सिम्रौनगढलाइ विश्व सम्पदा सुचीमा राखी चिनाउने काम नगरेकोमा रोष प्रकट गरेका थिए । मन्त्री सोनलले संघीयता कार्यन्वयन नभए सम्म कला, साहित्य क्षेत्र पनि नफटाउने बताउदै संघिय सरकारले नै संघियतालाई धराप पार्ने खेलमा लागेको आरोप लगाए । प्रदेश २ मा रोड निर्माणमा उल्लेख काम गरेको भन्दै जिल्लाहरुको बिभिन्न भागबाट सदरमुकाम सम्म पिच बाटो निर्माण भएको दावी गरे । फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा भोजपुरी प्रतिष्ठानका पर्सा अध्यक्ष उमाशंकर दुवेद्धी, बारा अध्यक्ष रामप्रसाद साह, साहित्यकार श्रीमन नारायण, नेकपाका नेता अध्यानन्द पाण्डेय, जसपाका नेता संजय पाण्डेय, जिल्ला समन्वय समितिका उपाअध्यक्ष पवन कुमार ब्याहुत लगायतकाले आफनो बिचार ब्यतm गरेका थिए ।

Comment


Related News

Latest News

Trending News