अपडेट 
२०७७ चैत्र २९, आईतवार ०७:४७

म्यानमारमा सैनिक सत्ताविरुद्ध प्रदर्शन गरिरहेकाहरुमाथि सुरक्षा फौजको ज्यादती थप बढ्दै गएको छ ।

सुरक्षाकर्मीको गोली प्रहारबाट बागो शहरमा शुक्रवार एकैदिन ८० जना भन्दा बढिको मृत्यु भएको प्रजातन्त्रवादी अभियन्ताहरुले बताएका छन् । सैनिकले मृतकहरुको शव समेत लिएर गएकाले हत्या गरिएकाहरुको सही संख्या थाहा पाउन कठिन हुने जनाइएको छ । प्रत्यक्षदर्शीले स्थानीय सञ्चारमाध्यमलाई बताए अनुसार सुरक्षाकर्मीले आफ्नो मार्गमा पर्ने सबैमाथि गोली चलाएका थिए । उनीहरुले राइफलसहितका हतियार प्रयोग गरेकोप्रत्यक्षदर्शीले बताएका छन् । गएको फेब्रुअरीमा निर्वाचित सत्ता हत्याएर सेनाले शासन आफ्नो हातमा लिएयता भएको प्रदर्शनमा अहिलेसम्म ६०० जना भन्दा धेरैको ज्यान गएको छ । आफ्नो शक्ति कायम गरिरहनका लागि सैनिकले हिंसात्मक गतिविधि बढाउँदै लगेको छ ।

Comment


Related News

Latest News

Trending News