अपडेट 
२०७७ चैत्र २९, आईतवार ०८:५४

जनकपुरधाम ।नेपालमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने संभावना व्यक्तगर्दै उच्च सतर्कता अपनाउन आव्हान गरिरहेको बेला जनकपुरधाम उद्योग वाणिज्य संघ(जउवासंघ)को चुनाव भारी भीडभाडमा शनिवार सम्पन्न भएकोछ ।

५ हजार भन्दा बढी मतदाता रहेको जउवासंघको मतदानको क्रममा १० हजार मानिसको भीड देखिएको थियो । सुरक्षाको कारण जनाउँदै भीड नियन्त्रण गर्न प्रहरीले स्थानीय गोपाल धर्मशाला वरिपरिको सडकमा सवारी साधन सञ्चालनमा रोक लगाएको थियो । निर्वाचन संयोजक सन्तोष कुमार साहका अनुसार कुल ४ हजार ३ सय ११ मतदान भएकोछ ।संघका कुल ५ हजार २७ जना सदस्य रहेका छन् ।मतगणना राती नै प्रारम्भ हुने साहले बताए । तर सीसीएमसीको शनिबारको बैठकले पछिल्लो समय कोभिड संक्रमणको ग्राफ बढेको र नयाँ भेरियन्टसमेत देखा परेको भन्दै सतर्कता अपनाउन राष्ट्रिय रुपमा अपील गर्ने निर्णय गरेको हो । जउवासंघको चुनावमा भारी भीड भएको बेला बारहबिघा मैदानमा जनमत पार्टीले प्रथम महाधिवेशन सम्पन्न गरे ।त्यस महाधिवेशनमापनि हजारौ मानिसको भीड थियो ।मास्क समेत नलगाएका पार्टीका नेता, कार्यकर्ताहरुबीच समाजिक दुरी समेत कायम भएको थिएन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालले बैठकमा अहिलेको संक्रमणको स्थिति र तयारीबारे छलफल भई आमरुपमा सतर्कता अपनाउन अपील गर्ने निर्णय भएको बताए । यसबाहेक जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई अझ सक्रिय बनाउने निर्णय पनि गरिएको उनले बताए । विद्यालयहरुमा समाजिक दुरी कायमगरि मात्र कक्षा सञ्चालन गर्न निर्देशनपनि जारी हुन थालेकोछ ।तर राजनीतिक दल, उद्योगी, व्यवसायी लगायतका संघसंस्थाहरुले सरकारी निर्देशनको धज्जिया उडाउँदै भीड जुटाउन थालेका छन ।

सीमा नाकाहरुमा सञ्चालनमा आएका हेल्थ डेस्कहरुलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेष्टलाई बढाउने, कोभिड संक्रमण भई लक्षण देखा परेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टाइनमा राख्ने निर्णय पनि बैठकले गरेको छ । यसबाहेक कुनै पनि क्षेत्रबाट स्वास्थ्य मापदण्ड पालना नभई अटेरी रुपमा सञ्चालनमा आएको पाइए कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने पनि सचिव बरालले चेतावनी दिए ।

https://www.youtube.com/watch?v=7mo3jiBAPXQ&t=3s

Comment


Related News

Latest News

Trending News