२०७७ चैत्र २९, आईतवार ०८:५८
महोत्तरी प्रहरीले नेपालबाट भारत तर्फ निकासी पैठारी गर्न लागेको मदिरा नियन्त्रणमा लिएको छ ।
महोत्तरीको जलेश्वर न.पा. वडा नं. ३ स्थित नेपालबाट भारत तर्फ मदिरा निकासी पैठारी गर्न लागेको भन्ने विशेष सुचनाको आधारमा शुक्रबार जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी निरीक्षक रंजन मिश्रको कमाण्डमा खटेको प्रहरी टोलीले भारी परिमाणमा मदिरा नियन्त्रणमा लिएको हो । प्रहरीलाई देख्ना साथ नेपाल–भारतको दशगजा क्षेत्रमा मदिरा छोडी मानिस फरार भएको थियो । उक्त स्थानबाट विभिन्न ३२ प्रकारको मदिरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालयमा पठाइएको छ ।



