अपडेट 
२०७७ चैत्र २९, आईतवार १५:१२

हिन्दु स्वयंसेवक संघ पर्साले हिन्दु नवबर्ष ५१२३ तथा राष्ट्रिय स्वयंसेवक संघका संस्थापक आध्यसर संघचालक परमपुजनीय डा. केशवराव बलिराम हेडगेवारको जन्मजयन्ती धुमधामका साथ मनाएको छ ।

शनिबार वीरगन्जको श्रीपुर स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय श्रीपुरमा संघले हिन्दु स्वयंसेवक सम्मेलन तथा पथसंचालन (मार्चपास) निकालेर हिन्दु नवबर्ष तथा संघका संस्थापक परमपुजनीय डा. हेडगेवारको जन्मजयन्ती धुमधामको साथ मनाईएको हो । सम्मेलनलाई सम्बोधन गर्दै हिन्दु स्वायंसेवक संघका राष्ट्रिय संघचालक हेम शर्माले विश्वमा हिन्दु संस्कृति जिवित रहेन भने यसको परिमाण नराम्रो हुने संकेत गर्नुभयो । उनले भने, हिन्दु संस्कृति जिवित रहेन भने, गैर हिन्दु सामुदायले काफिर र शैतान भनेर हिन्दुलाई सिध्याउने काम गर्छ । हिन्दु संस्कृतीले नै सबैको सम्मान गर्छ । हिन्दु संस्कृति विश्वमा मिनेट गनेर अगाडी बढीरहेको छ तर जुन देशमा हामी बसीरहेको छौ त्यो देशको हिन्दु राष्ट्र सम्मान कसैले गर्न नसकेको उनले बताए । उनले भने, हिन्दु राष्ट्र नभएपनि नेपाली जनताको जनजनमा हिन्दु राष्ट्र र हिन्दु संस्कृति छ, यसलाई कसैले परिवर्तन गर्न सकिदैन ।

हिन्दु संस्कृति, संस्कार जोगाउन र नेपाललाई हिन्दु राष्ट्र यथाशिघ्र कायम गराउनको लागि तन मन धनले समर्पित गरेर संघ प्रति र संघले देखाएको बाटोमा निरन्तर अगाडी बढ्नु पर्ने उनले बताए । उनले भने, अहिले हामी संघको बारेमा १० प्रतिशत हिन्दुलाई जानकारी गराउन सकेका छौ, भोली ९० प्रतिशत हिन्दुलाई संघको बारेमा जानकारी गराउँन सफल भयो भने नेपाललाई पुन हिन्दु राष्ट्र कायम गराउँन कसैले रोक्न सक्दैन । कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख मेयर विजय कुमार सरावगीले हिन्दु संस्कृति र राष्ट्र जोगाउँन सबै मिलेर अगाडी बढ्नुपर्नेमा जोड दिए । हिन्दु संस्कृति र संस्कार धैरै पुरानो छ, उनले भने, हिन्दु संस्कृति जोगाउन ठूलो प्रयास गर्नुपर्छ । संघले जुन प्रकारको अनुशासन सिकाउँछ त्यो अनुशासनबाट हिन्दु संस्कृति जोगाउँन सकिन्छ । संघले अनुशासित व्यक्ति निर्माण गर्छ । अनुशासनबाट नै संस्कृति जोगाउँदै सबल राष्ट्र र समाज निर्माण गर्न सकिन्छ । जुन तरिकारले अनुशासन भएर लागेका छौ यसले राष्ट्र निर्माणमा ठूलो योगदान पुग्छ । हाम्रो संस्कृति र हिन्दुत्व जोगाउँन ठूलो मद्दत पुग्छ उनले भने ।

मेयर सरावगीले हिन्दु शब्द कुनै बर्गविशेषको होईन एउटा संस्कृतिको प्रतिनिधित्व गर्छ, सर्वधर्मलाई स्वीकार्य गरी सबैलाई सम्मान गरेको छ । देशमा वा समाजमा कुनै विपत परेको खण्डमा संघले ठूलो योगदान पु¥याउँदै आएको सर्वविदित नै छ । अहिले हामी कोरोनाको विषम परिस्थितीबाट गुज्रिरहेको छौ आउँने दिनमा पनि संघले कोभिडबाट बच्ने बारे जनचेतना फैलाई समाजमा योगदान पु¥याउँने विश्वास लिएको उनले बताए । संघका विभाग संघचालक अशोक बैद्यले शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए संस्कार हराउँछ, संस्कार हराए राष्ट्र नै हराउँछ त्यसैले आफनो धर्म र संस्कृति जोगाउँनको लागि हिन्दु नवबर्ष मनाउँन लागेको बताए । प्राचिनकालमा जहाँ जहाँ सस्कृति हराएको छ, त्यहाँको सभ्यता हराएको छ । रोमको संस्कृति धेरै पुरानो थियो तर त्यहाँको संस्कृति र सभ्यता हराएको छ । अन्य केहि देशको पनि संस्कृति र सभ्यता अहिले हराएर किताबमा मात्र सिमित भईसकेको छ । हाम्रो हिन्दु धर्म संस्कृतिलाई जिवित राख्नको लागि हिन्दुलाई जागरुक बनाउँन हिन्दु नवबर्ष मनाएको उनले बताए । मंचको कार्यक्रम पश्चात संघका स्वयंसेवकले वीरगन्जमा पथसंचालन (मार्चपास) समेत निकालेका छन । पुर्ण गणवेष, हातमा दण्ड, बाजागाजाका साथ श्रीपुर स्कुलको प्राङ्गगणबाट स्वयंसेवक द्धारा निकालिएको पथसंचालन मुर्ली चोक, घण्टाघर चोक, सिडियो कार्यालय, रानीघाट, श्रीपुर हुदै पुन स्कुलमा पुगेर पथसंचालन समापन गरिएको थियो ।

चोक चोकमा स्थानिय उत्साहित भएर स्वंयसेवकहरुलाई पुष्पबर्षा गरेर पथसंचालनलाई भव्य रुपमा स्वागत गरेका थिए । संघका जिल्ला संघ चालक ललन द्धिवेद्धीको अध्यक्षतामा आयोजित कार्यक्रममा संघका राष्ट्रिय प्रचारक वेद प्रकाश जी, संघका जनकपुर सम्भाहक कार्यवाह रन्जित साह, प्रदेश सांसद प्रहलाद गिरी, संघका जिल्ला कार्यवाह कृष्ण चौरसिया, विश्व हिन्दु परिषदका महासचिव जितेन्द्र सिंह लगायतको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News