अपडेट 
२०७७ चैत्र ३०, सोमबार ०७:११

जनकपुरधाम । नेकपा एमाले प्रदेश २ को संसदीय दलका नेतामा शत्रुधन महतोलाई चयन गरिएको छ ।

माधव नेपाल पक्षका साँसदहरुको बैठकले सत्यनारायण मण्डललाई हटाएर महतोलाई संसदीय दलका नेता चयन गरेको हो । मण्डल एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका हुन् । प्रदेश २ मा एमालेका कुल २१ साँसद छन् । जसमध्ये १३ साँसद माधव नेपाल पक्षमा रहेकाले मण्डललाई बहुमतले हटाउन सफल भएका हुन् । माधव नेपाल पक्षले साँसद सुन्दर विश्वकर्मालाई प्रमुख सचेतक, साँसद बेची लुङ्गेलीलाई सचेतक र साँसद रबिन्द्र बैठालाई उपनेता चयन गरेको छ । संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतक र उपनेता चयन गरी सभामुख सरोजकुमार यादवलाई पत्र पठाएको छ । झण्डै ६ महिनापछि सोमवार दिउँसो १ बजे प्रदेशसभा बैठक बस्दैछ । उक्त बैठकमा महतोले नै एमालेका संसदीय दलका नेताको भूमिका निर्वाह गर्ने साँसद प्रमोद यादवले जानकारी दिए । माओवादी केन्द्र र नेकपा एमाले एकिकरण भएर बनेको नेकपाको संसदीय दलका नेता पनि मण्डल नै बनेको थिए । तर नेकपामा विवाद भएर प्रचण्ड र माधव नेपाल एक ठाउँमा उभिएपछि मण्डललाई हटाएर महतोलाई संसदीय दलको नेता चयन गरियो ।

पछि सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र व्यूँताएपछि महतोको संसदीय दलको नेताको पद स्वतः गुमेको थियो । प्रदेश २ मा तत्कालिन समाजवादी पार्टीको ३०, राष्ट्रिय जनता पार्टीको २५, एमालेको २१ , नेपाली काँग्रेसको १९, माओवादी केन्द्रको ११ र एकजना स्वतन्त्र सभासद छन् । एमालेबाट माओवादी छुट्टिएपनि प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल एमाले नै रहेको छ ।तत्कालिन नेकपा र पछिल्लो एमालेमा विवाद भएपछि महतो दुवै दलको फरक फरक ढंगले संसदीय दलका नेता चयन भएका हुन् ।नेपाल– खनाल समुहका नेता महतोलाई प्रदेश सभाले मान्यता दिइसकेको बताइएकोछ । सो समुहको प्रदेश सभामा १३ जना रहेका छन् ।एमाले ओली समुह प्रदेश २ मा कमजोर रहेकोछ ।माओवादी केन्द्रको टिकटमा जितेर एमाले प्रवेशगर्दै सदस्यता गुमाउने क्रममा रहेका ४ जनालाई प्रदेश सभाले मान्यता दिने संभावना छैन् ।

Comment


Related News

Latest News

Trending News