अपडेट 
२०७७ चैत्र ३०, सोमबार ०७:२१

जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षमा युवा व्यवसायी जितेन्द्र महासेठ निर्वाचित भएका छन् ।

सुडी जातिबाट २१ वर्षपछि महासेठ जउवा संघको नेतृत्वमा पुगेका छन् । महासेठले २ हजार ८ सय ३५ मत प्राप्तगरि विजयी भएकाछन् ।उनका एकमात्र निकटतम् प्रतिद्वन्दी जितेन्द्र प्रसाद साहले १ हजार ४ सय ९८ मत प्राप्त गरे । कडा प्रतिस्पर्धाबीच वरिष्ठ उपाध्यक्षमा युवा व्यवसायी मनिषरमण साहले ४५ मतको अन्तरले एकमात्र प्रतिद्वन्दी सुरेन्द्र भण्डारीलाई पराजित गरेका छन् ।साहले २ हजार १ सय ९५ मत ल्याएर विजयी भए ।भण्डारीले २ हजार १ सय ५० मत प्राप्त गरे । उपाध्यक्षमा अम्बु प्रसाद साहले १ हजार ३० मत ल्याइ विजयी भएका छन् ।उनका निकटतम् प्रतिद्वन्दी लक्ष्मण साहले १ हजार ६ मत प्राप्त गरेका थिए ।महासचिवमा मनोज साह(दवाईबला)ले १ हजार ९ सय मत ल्याइ विजयी भएका छन् ।उनका प्रतिद्वन्दी राम महासेठले ६ सय ६३ मत प्राप्त गरे ।सचिवमा फुलदेव पण्डितले २ हजार ३ सय ४१ मत ल्याइ विजयी भएका छन् ।उनका प्रतिद्वन्दी गोपी साहले १ हजार २ सय ९४ मतमा सिमित भए ।

कोषाध्यक्षमा परमेश्वर साहआशा)ले २ हजार १ सय ७ मत प्राप्तगरि विजयी भएका छन् ।उनका प्रतिद्वन्दी फुलगेन साहले १ हजार ५ सय ६ मत प्राप्त गरेका थिए । महिला सदस्यमा मायाकुमारी साह निर्वाचित भएकी छन् ।एसोसिएट सदस्य पदमा गणपति ज्वेलर्सका चन्दन साह र महिला उपाध्यक्षमा दिपिका राय निर्विरोध निर्वाचित भएका थिए । कार्यकारी सदस्यहरु ६ जनाका लागि मतगणना जारी रहेको निर्वाचन समितिका संयोजक सन्तोषकुमार साहले जनाए ।‘केहि घण्टा मतगणना अबरुद्ध गरिएको कारण सदस्यको परिणाम घोषणामा समय ढिला भएकोछ’ साहले भने, पराजित हुने देखिएपछि असन्तुष्ट उम्मेदवार र उनका समर्थकहरुले मतगणनामा अबरोध गरेका थिए ।

Comment


Related News