अपडेट 
२०७७ चैत्र ३०, सोमबार १७:०८

नेपालमा सोमबार थप ५५९ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको ४३ सय ७८ पिसिआर परिक्षणका क्रममा ४९६ जना र ७२७ एन्टीजेन परिक्षणका क्रममा ६३ जनामा कोरोना पुष्टि भएको स्वास्थय मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार ५२४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १३ जनाको मृत्यु भएको छ भने नेपालमा हालसम्म तीन हजार ५३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १३८ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा दुई लाख ७४ हजार १६५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल ३३ सय ६ जना आइशोलेशन र ८५ जना क्वारेन्टीनमा छन् । नेपालमा हालसम्म २३ लाख १७ हजार २८४ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News