अपडेट 
२०७७ चैत्र ३१, मंगलवार ०७:२३

जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिनुपर्ने लगायतका माग राख्दै पिछडावर्ग ओबिसी महासभाले जिल्ला प्रशासन कार्यालय धनुषा अगाडी धर्ना दिएको छ ।

महासभाका दर्जनौं कार्यकर्ताले सोमबार जिल्ला प्रशासन कार्यालयको मुलगेटमा घण्टौं धर्ना बसे । उनीहरुले पिछडावर्ग ओबिसी आयोग गठन गर्नुपर्ने, राज्यको हरेक निकायमा आरक्षण दिनुपर्ने, किसानहरुको समस्या समाधान गर्नुपर्ने लगायतका माग राखेका छन् । मगही, भोजपुरी र अवधि भाषा विकास बोर्ड गठन गर्नुपर्ने, पिछडावर्ग ओबिसी प्रतिष्ठान गठन गर्नुपर्ने, क्रसर माफियाले हत्या गरेका ओमप्रकाश महतो (दिलिप) लाई पर्यावरण शहिद घोषणा गर्नुपर्ने माग पनि महासभाले गरेको छ । यसअघि महासभाले सिरहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्ला प्रशासन कार्यालयमा पनि धर्ना दिएको थियो । महासभाले विशेष गरी जनसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई नागरिकता दिन पटक पटक माग गर्दै आएपनि सरकारले चासो देखाएको छैन ।

Comment


Related News