अपडेट 
२०७७ चैत्र ३१, मंगलवार ०७:३६

प्रदेश सभामा विपक्षी सांसदहरुले सरकारको कडा आलोचना गरेका छन् ।

प्रदेश सभालाई ६ महिना सम्म ठप्प गरी जनताबाट निर्वाचित प्रदेश सांसदको भुमिकालाई समाप्त गर्न खोजेको टिप्पणी गरेका छन् । सोमबार सुरु भएको ५औ अधिवेशनमा बोल्ने सांसदहरुले सरकारका मन्त्रीहरु एकलौटीरुपमा बजेट खर्च गरी भ्रष्टाचारमा लिप्त हुदा ३ वर्ष सम्म प्रदेशको नाम र राजधानी टुंगो लाग्न नसकेको आरोप लगाए । नेकपा एमाले संसदीय दलका नेता शत्रुधन महतोले प्रदेश सरकार ३ वर्ष सम्म राजधानी र प्रदेशको नाम समेत टुंगो लगाउन नसक्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे । प्रदेशको नाम र राजधानी दुई काम गरेको भए सरकार र प्रदेश सांसद बधाइको पात्र बन्न सक्थे, महतोले भने, ‘ सरकारले प्रदेशको नाम र राजधानीको प्रस्ताव मात्रै राखे । टुंगो लगाउन समन्वय गरेन । राजधानी र नाम तोक्न सरकारले समन्वयात्मक भुमिका निर्वाह गर्नु पर्छ ।’ सरकारकै कारण प्रदेशको नाम र राजधानी अन्यौलमा परेको उनले आरोप लगाए । प्रदेशमा बलात्कार, डकैती र अपराधिक घटना बढ्दा प्रदेश सरकारले जनताको शान्ति सुरक्षा कायम गर्न असफल सावित भएको आरोप लगाए । प्रदेश सभाको बैठक लामो समयसम्म नबस्दा जनताको समस्या झन बढेकोले प्रदेश सभा बैठकलाई निरन्तरता दिन आग्रह गरे । प्रदेश सभा बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले प्रदेश सरकारमा रहेका दल नै नेता बिहीन रहेको भन्दै सरकारलाई तत्काल दलको नेता चयन गर्न सुझाव दिए ।

प्रदेश अन्याय, अत्याचार र भ्रष्टाचारमा एक नम्बर बनेको टिप्पणी गर्दै सरकारले तीन वर्षमा उत्पादन मुलुक विकास गर्न नसकेको आरोप लगाए । प्रदेश सरकार शौचालय बनाउनमै सीमित भएको उनले आरोप लगाए । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरत प्रसाद साहले प्रदेश सभाले ३ वर्षमा संघीयतालाई सम्बोधन गर्न नसकेको आरोप लगाए । प्रदेशको नाम र राजधानिको सवालमा सरकारले पर्याप्त पहल गर्न नसकेको आरोप लगाउदै सत्ता पक्ष र विपक्षले चिन्तन गरी नाम र राजधानीको सवालमा टुंगो लगाउनु पर्ने साहले बताए । ५औ अधिवेशनबाट नाम र राजधानी तोक्न साहले शुभकामना दिए । प्रदेश सभामा उठेका प्रश्नलाई सरकारका मन्त्रीहरुले जवाफ दिने परम्परा नहुदा जनताको माग सम्बोधन हुन नसकेको उनले आरोप लगाए । सशर्त अनुदानको बजेट खर्चमा सरकार प्रष्ट नभए प्रतिपक्ष कडा रुपमा अगाडी बढने उनले चेतावनी दिए । नेपाली काँग्रेसका सांसद शिवचन्द्र चौधरीले प्रदेश सभा ६ महिना सम्म ठप्प हुदा प्रदेश सांसद सरकारको काम बारे अनविज्ञ रहेको बताउदै सरकारले बजेट खर्च बारे सदनलाई जानकारी गराउनु पर्ने बताए । प्रगतिको समिक्षा संगै प्रदेश सरकारले नीति तथा कार्यक्रमको समेत समिक्षा गर्नु पर्ने उनले भने । जनता समाजवादी पार्टी( जसपा) नेपालका सांसद उपेन्द्र महतोले जंगलमा लागेको डढेलोले प्रदुषण बढाएकोले सरकारले जंगलको अवस्थाबारे सरकारले सदनलाई जानकारी गराउनु पर्ने बताए । सरकारले पीसीआर मेसिन खरिद गरेपनि सञ्चालनका लागि कुनै पहल नगरेको आरोप लगाए ।

जसपाकी सांसद सुरिता साहले प्रदेश सरकार मनोमानि गर्दै कोभिड नियन्त्रणमा मन्त्रीहरुको मात्रै हालिमुहाली भएको आरोप लगाइन् । प्रदेश सरकारका कारण प्रदेश सांसदको भुमिका शुन्य भएको र प्रदेश सरकारका मन्त्रीहरुले पकेटको राजनीति गर्दा संघीयता धरापमा परेको आरोप लगाए । नेपाली काँग्रेसका सांसद विरेन्द्र सिंहले प्रदेस सरकार खुद्रा काममा लागेको आरोप लगाए । फुटकर योजना ल्याएर प्रदेश सरकार रेडबुक नै परिवर्तन गरी नीति तथा कार्यक्रमको खिल्ली उडाएको आरोप लगाए । माओवादी केन्द्रका सांसद दिलिप साहले प्रदेश सरकार विकास निर्माणको सवालमा कुनै पनि उल्लेखनीय काम गर्न नसकेको आरोप लगाए ।

Comment


Related News