अपडेट 
२०७७ चैत्र ३१, मंगलवार ०७:४१

लहान । सप्तरीको सुरुङ्गा नगर पालिका –४ मधुपट्टि बिरनगरमा आयोजित मेयर भलिबल कप प्रतियोगितामा सुरुङ्गा नगरपालिका –५ कुशहा फाइनल चरणको खेलमा विजयी भएका छन् ।

प्रगतिशिल यूवा क्लब मधुपट्टि बिरनगरको आयोजनामा “राष्ट्रियको लागि खेलकुद ,स्वास्थको लागि खेलकुद” भन्ने मुल नाराका साथ चैत्र २२ गते देखि सुरु भएको मेयर भलिबल कप प्रतियोगितामा सुरुङ्गा नगर पालिका – ५ कुशहाले सुरुङ्गा नगरपालिका –९ टिकुलियाँलाई १७– १९ , २५– २२, १९–१७ सोझो सेटले पराजित गर्दै विजयी हात पारेका छन् । विजयी भएका कुशहा टिमलाई सुरुङ्गा नगरपालिकाका नगर प्रमुख मुतिmनाथ चौधरी तथा सुरुङ्गा नगर पालिका –४ का वडा अध्यक्ष देवेन्द्र चौधरी,तथा जे.एस. मुररका बहुमुखी क्याम्पस लहान सिरहाका सभापति असोक चौधरी र आयोजक प्रगतिशील यूवा कल्बका अध्यक्ष तरुण चौधरीले प्रमाण पत्र,मेडल तथा विजयी टिमलाई नगद २१ ह्जार तथा उपविजेता टिमलाई नगद ११ हजार र प्रमाण पत्र तथा मेडल प्रदान गरेका थिए । विजयी भएका टिमका रामसून्दर चौधरी तथा उप विजयीता टिमका प्रशान्त चौधरी उत्कृष्ट खेलाडि भएका थिए ।

Comment


Related News

Latest News

Trending News