अपडेट 
२०७७ चैत्र ३१, मंगलवार ०७:५१

नेपाल कृषि प्राविधिक एशोसिएशन प्रदेश २ को अध्यक्षमा विक्रम यादव चयन भएका छन् ।

गएको शनिबार वीरगंजमा भएको कृषि प्राविधिकहरुको भेलाले यादवको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समन्वय समिति सर्वसम्मतले चयन गरिएको हो । भेलाले उपाध्यक्षमा श्री विन्देश्वरी प्रसाद खड्गा(सप्तरी), सचिवमा उमेश कुमार महतो(धनुषा), सहसचिवमा उमेश चौधरी( रौतहट) र कोषाध्यक्षमा अजय कुमार झा(बारा) चयन भएका छन् । यस्तै सदस्यहरुमा रामचरित्र यादव(सिरहा), ओमप्रकाश राम(पर्सा), बेचन यादव(सप्तरी), रामनरेश साह(पर्सा), नविना दाहालबारा) र राधिका भारती(सर्लाही) रहेका छन् । नेपाल कृषि प्राविधिक एशोसिएशनका केन्द्रिय अध्यक्ष देवराज गौलीको प्रमुख आतिथ्यमा भएको भेलामा केन्द्रिय सदस्य हरि यादव, निर्वाचन समिति संयोजक रतनमणी ढकाल लगायतको उपस्थिति रहेको थियो । भेलालाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष गौलीले प्रदेश २ मा रहेका प्राविधिकहरुको लागि प्रदेश सरकारले क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिए ।

उनले प्राविधिकहरु दक्ष भए प्रदेशको कृषि क्षेत्रमा उल्लेख्य सुधार हुने दावी समेत गरे । कृषिमा निर्भर रहेको प्रदेश २ मा प्राविधिकहरुको भूमिका महत्वपूर्ण रहेको उनको भनाई थियो । सो अवसरमा निर्वाचन समिति संयोजक ढकालले प्राविधिकहरुको दक्षता अभिवृद्धि गरेर प्रदेशको कृषि क्षेत्रलाई उकास्नुपर्नेमा जोड दिए । खाद्यान्न निर्यात गर्न बाध्य भएको मुलुकको कृषि क्षेत्रको सुधारको ला िप्राविधिकहरु लाई प्रोत्साहित गर्नुपर्नेमा उनले जोड दिए । केन्द्रिय सदस्य समेत रहेका प्रदेश अध्यक्ष यादवले प्रदेशको कृषि क्षेत्रमा सुधार ल्याउन सबै क्षेत्रको सहयोग अपरिहार्य रहेको बताए ।

Comment


Related News

Latest News

Trending News