अपडेट 
२०७७ चैत्र ३१, मंगलवार ११:५६

सरकारले सर्वसाधरणलाई कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारदेखि ४० देखि ५९ वर्ष उमेर समूहका सर्वसाधरणलाई पनि खोप लगाउन शुरु गरेको हो । यो उमेर समूहका सर्वसाधारणलाई चिनियाँ कम्पनीको कोभिड खोप भेरोसेल लगाइने मन्त्रालयले जनाएको छ। मंगलबारदेखि नै चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएका १८ देखि ६० वर्षका व्यक्तिलाई पनि लगाउने निर्णय गरेको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिनुभयो । खोप अभियान अन्तर्गत स्वास्थ्यकर्मी, फार्मेसीका कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक सहित अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई खोप लगाइने उहाँले बताउनुभयो ।

Comment


Related News