अपडेट 
२०७७ चैत्र ३१, मंगलवार १५:२८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ।

मन्त्रालयले कोरोना भाइरसको नयाँ भेरियन्ट बालबालिका तथा युवामा बढी देखिएकाले विद्यालयमा अध्ययनरत् बालबालिकालाई संक्रमणबाट बचाउन एक महिना विद्यालय बन्द गर्न सिफारिस गरेको हो । विद्यालय बन्द गरेपनि अनलाइनमार्फत् अध्ययनअध्यापन सुचार गराउन मन्त्रालयले सुझाव दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीका अनुसार १८ वर्षभन्दा कम उमेरका लागि भ्याक्सिन नबनेकाले संक्रमण बढ्न नदिनका लागि विद्यालय बन्द गर्नुनै उपयुक्त विकल्प हो । स्वास्थ्य मन्त्रालयमा आज (मंगलबार) पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री त्रिपाठीले भन्नुभयो, ‘उपत्यकाका मात्र ७–८ लाख विद्यार्थी घरमा बस्दा २० प्रतिशत मोबिलिटी कम हुन्छ ।’

उहाँका अनुसार यसबारे कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भइसकेको छ। थप गृहकार्यपछि औपिचारिक रुपमा निर्णय हुने त्रिपाठीले जानकारी दिनुभयो ।

Comment


Related News