अपडेट 
२०७७ चैत्र ३१, मंगलवार १८:४३

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पार्टीले उठान गर्दै आएको माग पुरागरेपछि मात्र सरकारको विषयमा सोच्न सकिने वताएका छन ।

प्रदेश नं २ सरकारको भौतिक पुर्वाधार तथा योजना मन्त्रालयले मंगलवार आयोजना गरेको नववर्ष २०७८,जुडशितल तथा शिशवा पर्वको उपलक्ष्यमा शुभकामना अदानप्रदान तथा चियापान समारोहमा बोल्दै अध्यक्ष ठाकुरले मधेशको मुद्दा सम्वोधन पश्चात सरकारमा जाने नजाने विषयमा भन्नै वताउदै उनले अहिले भन्न नसकिने अवस्था रहेको वताए । केपी ओली अथवा प्रचण्डको विषयमा कता तिरको सम्भावन रहेको प्रश्नमा उनले सम्भावना सवैतिर रहेको तर मुद्दा सम्वोधन कतातिर बाट हुने त्यो मुख्य विषय रहेको वताए ।

कार्यक्रममा पार्टीका केन्द्रिय कार्यकारीणी नेता अनिल कुमार झाले नया सरकार गठनको विषयमा जसपाको अहिले सम्म कुनै आधिकारीक निर्णय नभएको वताए । पहिले देखि नै थांति रहेको मुद्दाहरु कसरी सम्वोधन हुने भन्ने पार्टीको मुख्य ध्यान त्यतातिर रहेकोले सरकारमा जाने निर्णयको विषयमा अहिले सोच्न पनि नसकिने अवस्था रहेको वताए । उनले भने,मुद्दा नै सम्वोधन नभएको अवस्थामा सरकारमा जाने विषयमा गृहकार्य गर्ने जस्तो कुरा सोच्नपनि सकिन्न । मधेश आन्दोलनमा झुठा मुद्दा लागेको मुद्दा फिर्ता,लाल आयोग सार्वजनिक,रेशम चौधरीको रिहाई ,संविधान संसोधन लगायतका मुद्दालाई ठोस पहल नभएसम्म सरकारमा जाने कुरा जसपामा छैन ।

कार्यक्रममा जसपा केन्द्रिय कायकारिणी नेता शरतसिंह भण्डारीले जसपाको मुद्दा सरकार नरही अधिकार रहेको वताए । जनता समाजवादीले आफनो मुद्दालाई अगाडी सारेर मुद्दाको प्राथमिकताको आधारमा अहिलेको अवस्थामा आफनो निकासको कुराहरु गरिरहेको वताउदै नेता भण्डारीले जसपा कसैको नेतृत्वमा होइन आफनै नेतृत्वमा अगाडी बढने सक्ने क्षमता राखेको पार्टी रहेकोले हलो अडकाउने काम अन्य पार्टीको रहेको वताए । कांग्रेस,माओवादी र जसपा मिलेर देशलाई निकास दिनका लागि जसपा नेतृत्व लिन तयार रहेको तर प्रमुख मुद्दाहरुलाई ठोसरुपमा पहल हुनु आवश्यक रहेको वताए । प्रदेश २ का भौतिक पुर्वाधार योजना मन्त्रालयले आयोजना गरेको नववर्ष,जुडशितल पर्वको उपलक्ष्यमा शुभकामना अदानप्रदान कार्यक्रम तथा चियापान कार्यक्रम जसपाका वरिष्ठ नेता राजेन्द्र महतो लगायत पार्टीका नेतृत्वतहका नेताहरुको व्यापक उपस्थिती रहेको थियो ।

Comment


Related News