अपडेट 
२०७७ चैत्र ३१, मंगलवार १८:४६

मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहिदहरुलाई प्रदेश सरकारले अवहेलना गरेको भन्दै शहिद परिवारहरुले विरोध जनाएको छ ।

श्हिदपरिवार तथा घाइते हकहित संघर्ष समितिले विगतमा प्रदेश नं २ सरकारलाई वुझाइएको ज्ञापनपत्र अनुसारको मागहरु प्ुारा गराउनका लागि विरोध तथा धर्ना कार्यक्रमको अयोजना गर्दै विरोध जनाएको हो ।शदिहरुको शहादतबाट वनेको प्रदेश सरकारले शहिद परिवारलाई गरेको प्रतिवद्धता पुरा नगरेको भन्दै प्रदेश सरकारले जुरशितल पर्वको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रमस्थलमानै मंगलवार विरोध जनाएको छ । शहिद परिवारलाई योग्यता र क्षमताको आधारमा स्थायी रोजगारको व्यवस्थापन गर,मधेश आन्दोलनमा शहादत प्राप्त गरेका घोषणा हुन बाकि रहेकालाई शहिद घोषणा गर लगायतका प्लेकार्ड बोकेर कार्यक्रमस्थलको अगाडी नै विरोध जनाएका छन । कार्यक्रममा विरोध समितिका अगुवा रामनरेश रायले विगतमा प्रदेश सरकारले गरेको प्रतिवद्धता अहिले सम्म पुरा नगरेकोले मजवुरभएर आन्दोलन गर्नुपरेको दुखेसो पोखे ।

उनले एक शहिद एक घरपरिवारलाई स्थायि नियुक्ति दिने प्रतिवद्धतालाई प्रदेश सरकारले यथासिघ्र पुरा गर्नुपर्ने माग गरे ।

Comment


Related News