अपडेट 
२०७७ चैत्र ३१, मंगलवार १८:४८

जनकपुरधाम उद्योग वािणज्य संघका नवनिर्वाचित पादाधिकारीहरुलाई पुलचौकबासीले सम्मान गरेको छ ।

जनकपुरधाम वार्ड नं १ स्थित मिथिला विहारी राप्राविद्यालयको प्रांगणमा आयोजना गरिएको कार्र्यक्रममा संघका सवै निर्वाचित पदाधिकारीहरुलाई फुलमाला अविर तथा गमछा ओढाएर सम्मान गरिएको हो । पुलचौकका स्थानियवासीले आयोजना गरेको सो सम्मान कार्यक्रममा विजयी पदाधीकारीहरुलाई मिठाई खुवाएर नवनिर्वाचित पदाधिकारीहरुलाई आगामी कार्यकाल व्यवसायीहरुको हितमा जाओस भनेर शुभकामना समेत दिएका थिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष जितेन्द्र महासेठले व्यवसायीहरुले गरेको विश्वास र आफुलाई दिएको विशाल मतको कदर गर्ने र व्यवसायीहरुको हितका लागि कार्यगर्ने प्रतिवद्धता समेत जनाए । उनले जनकपुरधाममा खस्कीदै गएको व्यपार व्यवसायलाई उकास्नका लागि र असुरक्षाका वातावरणलाई समाप्त गर्नु आफनो पहिलो उदेश्य रहेको समेत वताए ।

कार्यक्रममा स्थानिय सन्तोष साह,शैलेन्द्र यादव,मनोज पुर्वे ,दिपेश साह,किशन साह लगायतका दजर्नौ युवा नेता तथा व्यवसायीहरुको समेत उपस्थिती रहेको थियो ।

Comment


Related News