अपडेट 
२०७८ बैशाख १, बुधबार ०७:५५

जनकपुरधाम । इस्लाम धर्माबलम्वीहरुको सबैभन्दा ठुलो तथा महत्वपुर्ण पर्व रोजा(रमजान) बुधवारण्(आज)देखि शुरु हुदै छ । इस्लामिक महिना रमजानको पहिलो चन्द्रमा देखे लगतै शुरु हुने रोजा पर्वमा मुस्लिम समुदायका सम्पुर्ण महिला तथा पुरुषले अनिवार्य रुपमा दिनभरि केहि नखाई निराहार रुपमा व्रत बस्नु पर्ने हुन्छ । रोजा(व्रत) मा बस्नेहरुले सुर्य उदाउनु भन्दा पुर्व र सुर्य अस्ताएपछि मात्र अन्न जल ग्रहण गर्छन् । इस्लामिक धर्मगुरुहरुका अनुसार सामुहिक रुपमा रोजा खोल्दा (अनजल) धार्मिक हिसावले राम्रो मानिन्छ । रमजान महिनामा इस्लामिक क्यालेण्डरको ९ औ महिना हो । यो महिना मुीस्लम समुदायको लागि विशेष महत्व राख्दछ । अन्य महिना भन्दा रमजानमा उपवास तथा दान गर्दा ७० गुणा बढी सवाव (पुण्य) प्राप्ती हुने जनविश्वास छ । रमजानकै २७ तारेखका दिन इस्लाम धर्माबलम्वीहरुको सबैभन्दा ठुलो धर्मग्रन्थ पवित्र कुरआन सरिफ नाजिल (अवतरित) भएकाले मोफ्ती असरफ रजा बरकातीले बताए । उनले अगाडी भने,‘ संसारको आवश्यता अनुसार अल्लाहले एक– एक पराको रुपमा ज्ञान पठाई रहदाँ २३ वर्ष पछि मात्र पवित्र कुरआनले पुर्णता पाएको थियो ।’ ‘यो महिना भरि नै जन्नत (स्वर्ग) का सात वटै ढोका खुल्ला रहन्छ भने जहन्नुम(नर्क) का सबै ढोका बन्द रहन्छ,’उनले भने । यसै महिनामा साढे सात तोला सुन वा साढे ५२ तोला चाँदी तथा त्यति बरावरको सम्पति भएको खण्डमा अनिवार्य रुपमा जकात अर्थात दान गर्नका लागि साढे दुई प्रतिशतका दरले रकम निकाल्नु पर्ने हुन्छ । यसले गरिव र अशक्तहरुका लागि केही गरौ भन्ने सन्देश दिने गरेको छ । यसरी गरिव तथा असहायलाई अनिर्वाय रुपमा सहयोग गर्नुपने नियम मानव जातिको लागि उत्तम रहेको खानले दावी गरे । ‘कसैलाई सितैमा एक रुपैया हिच्किचाउने समान्यत मानव प्रवृति रहेको भएपनि इस्लामले सो प्रवृतिको कहि स्थान छैन, उनले भने । जकात (दान)का लागि प्रत्येक साल निकालिने रकम गरिब, असहायहरुमा खर्च गर्ने गरेको खानले उल्लेख गरे । ‘रोजाको मार्फत अरुको भोकको अनुभव हुन्छ,खानले भने,‘भोकै बस्नुपर्ने बाध्यता भएका गरिवहरुका मुस्लिमले आफ्नो कमाईको केहि अंश सहयोग गरेर मानवीय सहयोग,समाज कल्याण तथा न्यायको कार्यमा लाग्न रमजानले प्रोत्साहन गर्छ ।’ रमजान महिना भरि विशेष रुपमा प्रति अल्लाह समर्पित मुस्लिमले अल्लाहको डर तथा नैतिकताको घेराभित्र मनलाई राख्दै धार्मिक तथा समाजलाई भलोहुने कामलाई तल्लीन हुन्छन् । पराघि,अश्लील तथा समाजलाई अहित हुने कार्यहरु यो महिनामा मुस्लिमबाट हुदैन । तर अपराघिको कुनै जात हुदैन, अपराधिहरु जात, धमर्, कानुन भन्दा वाहिर हुन्छन् । रमजानको यो विशेषताले समाजिक विकृति न्युनिकरण, कानुनी राज्यको सम्मान,समाजिक विकासमा अग्रता, अपराध नियन्त्रणमा व्यापक सहयोग पुग्ने विश्वास गर्न सकिन्छ । एक महिनासम्म रोजा बसेपछि मात्र इदुल फित्र अर्थात इर्द पर्व मनाइन्छ । इर्द को नमाज पढनु भन्दा पुर्व रोजामा भएको टुटि वा रोजालाई शुध्किरणका लागि प्रति व्यतिm २ किलो ४५ ग्रामको दरले गँहु परिवारका सबै सदस्यहरुले फित्रराको रुपमा वा त्यति बरावरको रकम अनिवार्य रुपमा मदरसा तथा गरिवमा दान गनुपर्छ । यस्ता परम्पराले निश्चित रुपमा समाजमा राम्रो सन्देश दिएको हुनुपर्छ ।


रोजा के हो ?

इस्लाम धर्मका ५ वटा आधार स्तम्भ इमान, नवाज, रोजा, जकात,हज मध्ये रोजा तेस्रो नम्वरको हो । इस्लामिक महिना सवाण समाप्त भई रमजानको पहिलो चन्द्रमा (चाँद) मुस्लिम समुदायले देखे पछि रमजान शुरु भएको हो । अहिले इस्लामिक महिना रमाजान चलिरहेको छ । रमजानमै नेपाल लगायत संसारभारिका इस्लाम धर्माबलम्बीहरुले रोजा (व्रत) बस्ने गर्छन् । इस्लामिक धर्मग्रन्थका अनुसार रोजा दुई हिजरी सवाण (महिना)को १० तारिक देखि मुस्लिम समुदाय माथि र्फज अथार्त अनिर्वाय गरिएको छ । धार्मिकगुरुको अनुसार अहिले १४ औ हिजरी चलिरहेको छ । रोजा धनि, गरिव सबैमाथि अनिवार्य छ, यसमा कुनै भेदभाव हुदैन । दिनभरि मजदुरि गर्ने होस् वा काममा व्यस्त रहने किन नहोस् सबैमाथि रोजा उतिकै लाजिम(अनिवार्य) गरिएको छ । महिला ,पुरुष दुवै बालिग मुस्लिम माथि रोज अनिर्वाय गरिएको मौलना अहमद हुसैनले बताए । रोजा (ब्रत) बस्नेले दिन भरि केहि नखाई, भोकै बस्छन् र साँझ तिर अर्थात सुर्य अस्त भए पछि मात्र विभिन्न प्रकारका फलफुलले रोजा (ब्रत) खोल्ने गर्छन् । पवित्र कुरआन सरिफको दोस्रो परामा ,‘ऐ इमानबला तिमि माथि रोजा अनिर्वाय गरिएको छ, जस्तोकि तिम्रो अग्रजहरु माथि अनिवार्य गरिएको थियो, जसलाई तिमिले पनि अपनाउनु पर्ने हुन्नछ । उल्लेख रहेको मौलना अहमद हुसैन भने । रोजा आत्मशुद्धिको प्रतिक रहेको जनकपुर –५ बस्ने जाकिर खानले बताए । ३० दिनका लागि गरिने रोजाका तिन पाटाहरु छन् । शुरुको १० रातलाई ‘रकमत’भनिन्छ,जसमा अल्लाहले विशेष कृपा गर्छन् भने विश्वास रहि आएको छ । ९२ किलो मिटर दुरि बराबरको यात्रा गर्दा, महिला महिनाबारिको अवस्था हुदाँ वा अन्य अवस्थामा रोजा छोड्न सकिने प्रवधान रहेपनि पछि त्रृणको रुपमा रोजा राख्नुपर्ने किम्दन्ति रहेको उनको भनाई थियो । त्यसकारण मुस्लिमहरु रमजान तथा रोजाका नियमहरुलाई विशेष पालन गर्ने गर्छन् ।

Comment


Related News