अपडेट 
२०७८ बैशाख २, बिहीबार ०६:०८

जनकपुरधाम । मिथिलाञ्चलमा बिहीबार(आज) जुडशीतल पर्व मनाइँदै छ । मिथिलाञ्चलमा यस पर्वलाई विशिष्ट कृषि सांस्कृतिक पर्व मानिएको छ ।

प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ । यो पर्वको उद्देश्य सूर्यको तापबाट आकुलव्याकुल मानवलाई शीतलता प्रदान गर्नु रहेको छ । चैत अन्त्यसँगै शुरु हुने जुडशीतल पर्वको तयारीले मैथिल (मिथिलाका बासिन्दा) व्यस्त भएका छन् । प्रत्येक नयाँ वर्षको भोलीपल्ट मनाइने पर्वको तयारी चैत मसान्तसँगै मिथिलामा देखिएको हो । उल्लास र सहकालको प्रतीक मानिने यो पर्वको तयारीमा मिथिला क्षेत्रको बजारमा चहलपहल ह्वात्तै बढेको छ । बढ्दो गर्मी र लगातार बढ् दो तातो हावाबीच शुरु हुने विक्रम सम्वत् परम्पराको नयाँ वर्षको प्रारम्भमा ‘जुडशीतल’ मनाइने मैथिल परम्परा छ । नयाँ वर्षमा जीवनमा शीतलताको कामना गर्दै मनाइने यो पर्वका खाद्य परिकार पनि गर्मी समन गर्ने मान्यताभित्र खाइन्छन् । वैशाख सङ्क्रान्ति अर्थात नयाँ वर्ष प्रारम्भ भएकै दिन जुडशीतल पर्व शुरु हुन्छ । पहिलो दिन (वैशाख सङ् क्रान्ति) चना (बदाम), जांै, मकै, चामल र मुगसहित सातथरी खाद्यान्नको सातु र माटोको अङ्खरामा सखरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुहरुलाई दान गरिन्छ । बढ्दो गर्मीमा शरीरमा शीतलता दिने चना, मुँग र जौका परिकार यस पर्वमा विशेष मानिन्छन् ।

पहिलो दिन सातु र सर्वत् दान दिएर यिनै परिकार खाइने विधिलाई मिथिलामा ‘सतुवाइन’ भन्ने गरिएको छ । दोस्रो दिन (वैशाख–२ गते) घरपरिवारका श्रेष्ठ जनले आपूmभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशिर्वाद दिँदै यो पर्व सम्पन्न गरिन्छ । पर्वको दोस्रो दिन अर्थात वैशाख २ गते घरघरमा परिवारका श्रेष्ठजनले आपूmभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशिर्वाद दिन्छन् । नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाताहरुको भनाइ छ । सहकालको प्रतीक मानिने यस पर्वमा वर्षभरि अनुकूल वर्षाको कामना गर्दै मैथिल (मिथिलावासी) साथीसँगीबीच धुलो माटो र हिलो छ्यापाछ्याप गर्छन् । जुडशीतल पर्वमा आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस्भन्ने कामना गरिन्छ । मिथिलामा सबै जाती समुदायले मनाउने यो पर्वको आपसी सद्भाव, हेलमेल र सहकार्य मुख्य सन्देश रहेको छ । खासमा यो पर्व कृषिसँग सम्बन्धित रहेको पाका मैथिल बताउँछन् । बढ्दो गर्मीबीच ‘ शीतल’ जोड्न गरिने कामना पर्वको मुख्य ध्येय भएको हुँदा यो पर्वलाई ‘जुडशीतल’ भनिएको छ । पर्वका लागि सामानको जोहो गर्नेको भिडले सबैजसो बजार भरिभराउ छन् । बजारमा तरुवा खाइने काँचो केरा, पर्व विशेषको खास तरकारी मुन्गा र जौको सातु तथा दलहनको वेसन (पिठो) को खुबै बिक्री बढेको व्यापारीले बताएका छन् ।

https://www.youtube.com/watch?v=7mo3jiBAPXQ&t=9s

Comment


Related News