अपडेट 
२०७८ बैशाख २, बिहीबार ०६:२५

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाका अपांगता(फरक क्षमता) भएको नागरिकलाई सहयोगी समाग्री वितरण गरेको छ ।

बुधबार बघचौडास्थित विद्यालयमा आयोजना गरेको अपांगता सशक्तिकरण, क्षमता विकास तथा सहायक समाग्री वितरण कार्यक्रममा नगर प्रमुख रामज्ञान मण्डलले उनीहरुलाई सहयोगी समाग्री वितरण गरेका छन् । सहयोगी समाग्री वितरण गर्दै नगर प्रमुख मण्डलले नगरपालिका भित्रका सबै फरक क्षमतामा नागरिकको सम्मान गरेको बताए । नगर प्रमुख मण्डलले यस्ता नागरिकहरुलाई सहयोग गर्न नगरपालिका तयार रहेको बताए । नगरपालिकाले सबै नागरिकको लागि बजेट विनियोजन गरेको जानकारी दिदै उनले यस प्रकारको कार्यक्रम आउँदो दिनमा पनि ल्याउने प्रतिबद्धता जाहेर गरे ।

फरक क्षमता भएको नागरिकको पठनपाठनको लागि अपांगमैत्री विद्यालय बनाउने तर्क उनको थियो । हँसपुर नगरपालिकाका सहयोगमा अपांग समाज जनकपुरले आयोजना गरेको वितरण कार्यक्रममा १५ थान ह्विलचेयर, १० थान स्टिक(सेतो छडी) र एक जोडी बैशाखी वितरण गरिएको छ । सो अवसरमा उपप्रमुख रेणु झा, वडा नं. १ का वडाध्यक्ष कामेश्वर कापर, प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डल, अपांग संघका प्रदेश अध्यक्ष किरण पासवान, जसपाका विद्यार्थी नेता सुधिर मण्डल लगाय

Comment


Related News