अपडेट 
२०७८ बैशाख २, बिहीबार १७:०५

नेपालमा बिहीबार थप ५३४ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको ३५ सय ८८ पिसिआर परिक्षणका क्रममा ४९० र ५६४ एन्टीजेन परिक्षणका क्रममा ४४ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८२ हजार ५४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा तीन हजार ६६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । गत २४ घण्टामा १५७ जना निको भएका छन् । हालसम्म नेपालमा दुई लाख ७४ हजार ६०४ जनाले कोरोना जितेका छन् । हाल नेपालमा ४३ सय ८४ जना आइशोलेशन र ६८ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २३ लाख २९ हजार ५४७ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News