अपडेट 
२०७८ बैशाख ३, शुक्रबार ०७:१४

नेपाल नाई ट्रेड युनियन नगर कार्यसमिति मलंगवाको बैठक बिहिवार सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ । 

युनियनका अध्यक्ष मोहन ठाकुरको अध्यक्षतामा  बसेको बैठकले युनियनले तय गरेको शुल्क  भन्दा बढी रकम कुनैपनि ग्राहकसँग लिन नपाउने ।यदी कसैले लिएर  भने नगद जरिवाना तिराइने ,नगरभित्र संचालित सबै सैलुनवालाहरुले यही बैशाख मसान्तभित्र आ-आफ्नो पसलको पान नम्बर लिइसक्नु पर्ने,नगर कमिटीलाई मासिक  शुल्क नियमित रुपमा बुझाउनुपर्ने नबुझाएको खण्डमा जरिवाना लाग्ने  निर्यण गरेको छ ।  सोही बैठक मार्फत अध्यक्ष ठाकुरले  कार्यसमितिको निर्णय अनुसार  कोरोना भाइरसको पुनः बढ्दै गइरहेको संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले जारी गरेको स्वास्थ सुरक्षा सम्बन्धि सम्पूर्ण मापदण्डहरुको कडाइसाथ  पालन गरेर मात्र पसल संचालन गर्न मलंगवा नगरभित्रका सबै सैलुन संचालकहरुलाई निर्देशन समेत दिएका छन् ।   

बैठकमा कार्यसमितिका पदाधिकारीहरु सहित मलंगवा नगरपालिका क्षेत्र भित्रका तीन दर्जन भन्दाबढी सैलुन संचालकहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News