अपडेट 
२०७८ बैशाख ३, शुक्रबार ०७:१७

मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय सदस्य तथा हरिवन नगर नगरपालिका वडा न-११ का वडाध्यक्ष मोहम्मद शेख महबुब रेजाले मलंगवा स्थित बाल मन्दिर द्वारा संचालित बाल गृहमा आश्रित १० जना  टुहरा तथा अनाथ बालबालिकालाई लत्ताकपडासहितका उपहार वितरण गरेको छन् ।   

संगठनका केन्द्रीय सदस्य एवं वडाध्यक्ष रेजाले आफ्नै निजी  आर्थिक सहयोगमा नयाँ वर्ष २०७८ साल र इस्लाम धर्मको रमजान पर्वको उपलक्ष्यमा अनाथ तथा टुहुरा बालबालिकालाई लत्ताकपडासहितका सामग्री उपहार स्वरुप  वितरण गरेका हुन्।    बिहिवार दिउँसो नेपाल बाल संगठन सर्लाहीका सभापति शमिमबाबु खान ,संगठनका पदाधिकारी , हरिवन नपा-११ का स्थानीय समाजसेवी तथा नेपाल सरकार भूमि समस्या आयोग सर्लाहीका अध्यक्ष राजकुमार यादवको विशेष उपस्थितिमा उनीहरूलाई १० जोर जुत्ता मोजा,१० जोर अन्डरवेयर,गंजी, ट्र्याक सुट, टिसर्ट ,मच्छरझुल र तन्ना लगायतका सामाग्रीहरु वितरण गरिएको बाल गृहका इन्चार्ज राम लखन महतोले जानकारी गराएको छ ।

Comment


Related News