अपडेट 
२०७८ बैशाख ३, शुक्रबार १२:०९

कोरोना संक्रमण पुष्टि भएसँगै उपत्यकाका विद्यालय एक साता बन्द गरिने भएको छ ।

संक्रमित हुने विद्यार्थी र शिक्षकको संख्या बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले संक्रमण देखिएको विद्यालय एक साता बन्द गर्ने निर्णय गरेको हो । बिहीबार बसेको काठमाडौं महानगरपालिका प्रमुख स्तरको बैठकले विद्यालयका शिक्षक, विद्यार्थो वा कर्मचारीमा कोरोना संक्रमण देखिसँगै एक हप्ता विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन आग्रह गरेको हाे । कोरोना संक्रमणदेखिएका विद्यालय मात्र बन्द गर्ने निर्णय भएको महानगरपालिकाले जनाएको छ । संक्रमण नदेखिएका विद्यालयहरु भने स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने र भौतिक दूरी कायम गरी कक्षा सञ्चालन गर्न आग्रह गरिएको छ ।

Comment


Related News

Latest News

Trending News