अपडेट 
२०७८ बैशाख ३, शुक्रबार १२:४९

साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ सात सय रुपैयाँले बढेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुन प्रतितोला ९० हजारमा कारोबार भइरहेको छ । त्यसैगरी शुक्रबार चाँदीको भाउ प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News