अपडेट 
२०७८ बैशाख ४, शनिबार ०७:२४

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर किङ्सले जित हात पारेको छ ।

गएराति भएको खेलमा चेन्नई सुपर किङ्सले पञ्जाब किङ्सलाई ६ विकेटले हराएको हो । टस हारेर पहिला ब्याटिङ गर्न उत्रिएको पञ्जाब किङ्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८ रन मात्र बनाउन सक्यो । जवाफमा चेन्नईको टीमले १६ ओभरमै ६ विकेट गुमाएर खेल आफ्नो पक्षमा पार्न सफल भयो । चेन्नईको तर्फबाट दीपक चाहरले घातक बलिङ गर्दै प्रारम्भका ७ ओभरमा ४ विकेट लिएर पञ्जाबलाई ब्याकफूटमा ल्याइदिए । त्यसपछि किङ्स २० ओभरसम्म प्रारम्भिक झट्काबाट उक्सिन सकेन ।

Comment


Related News

Latest News

Trending News