अपडेट 
२०७८ बैशाख ४, शनिबार ०७:२८

बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला सैनिक ब्यारेक नजिकै बस र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ ।

बसमा सवार सबै यात्रु घाइते छन् । ३९ जना यात्रुसहित सुर्खेतबाट काठमाडौंका लागि छुटेको मे १ ख ३३४७ नम्बरको बस पूर्वबाट पश्चिम आउँदै गरेको टिपरसँग शुक्रबार साँझ ठोक्किएको थियो । प्रहरीकाअनुसार घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ ।
घाइते सबैको उद्धार गरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पु¥याइएको बाँकेका डिएसपी सुवास खड्काले बताए । उनकाअनुसार मृतक तथा घाइतेको पहिचान अझै खुल्न सकेको छैन ।’ मृतकहरु सबै बसका यात्रु हुन् ।

Comment


Related News