अपडेट 
२०७८ बैशाख ६, सोमबार ०८:५४

जीतपुर । बाराको एक सामुदायिक विद्यालयमा लायन्स क्लब अफ सिमराले पंखा जडान गरिदिएको छ ।

गर्मी याममा तातो छानामुनी बसेर पढ्न बाध्य जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.११ अम्बाटारस्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयका विद्यार्थीहरुका लागि क्लबले १० थान पंखा सहयोग गरेको हो । क्लबका प्रेसीडेन्ट हंकल्पीत नयौपानेले आइतबार एक कार्यक्रमका बिच विद्यालयका प्रधानाध्यापक सुधामा प्रसाद यादवलाई पंखा हस्तान्तरण गरेका हुन् । कक्षा पाँच सम्म पठनपाठन हुने उक्त बिद्यालयमा कुल तीन सय ५० विद्यार्थी अध्ययनरत छन् । २०४४ सालमा स्थापना भएको विद्यालयमा हालसम्मपंखा जडान नहुँदा गर्मी याममा टिनको छानामुनी कष्ठपुर्ण रुपमा पठनपाठन हुँदै आएको थियो ।

तराईको चर्को घाममा विद्यार्थी तथा शिक्षकलाई समेत समस्या हुनेगरेको भन्दै विद्यालयका प्रधानाध्यापक यादवले लायन्स कलब अफ सिमराले गरेकायो सहयोगले ठुलो राहत मिल्ने बताएका छन् । हालसम्म विद्युत समेत जडान नगरिएको उक्त विद्यालयमा पंखा वितरण गरेर छाडदा समस्या समाधान नहुने भएपछि कलबले आफै जडान समेत गरेको प्रेसिडेन्ट न्यौपानेले बताए ।

Comment


Related News

Latest News

Trending News