![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/07/gold.jpg)
सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।
आइतबार छापावाला सुन प्रतितोला ९० हजार ७ सयमा कारोबार भएको थियो भने आज प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज बजारमा चाँदीको भाउ भने स्थिर रहेर प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।