अपडेट 
२०७८ बैशाख ६, सोमबार १२:२८

सरकारले काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरी क्षेत्रमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।

सरकारले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । जिल्लास्थित डिसीसीएमसीको सिफारिस बमोजिम विद्यालयहरु बन्द हुने भए पनि बैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षा भने सन्चालन हुनेछन् । आज बसेको मन्त्रीपरिषद वैठकले रात्रिकालीन व्यवसाय, सिनेमा हल, डान्सबार, क्लव, दोहोरी साँझ, सभा जुलुसमा पनि रोक लगाउने निर्णय गरेको छ । यस्तै दर्शकसहितको रंगशालामा हुने खेलकुद, जिमखाना, पार्टी प्यालेस, स्वीमिङ पुल, हाटबजारहरु जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न कठिन हुने भएकाले २०७८ वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । रगंशालाको हकमा दर्शकरहित खेल गतिविधि सन्चालन गर्न पाइनेछ । त्यसैले नेपालमा जारी त्रीदेशीय ट्वान्टी–२० क्रिकेट सिरिजका बाँकी प्रतियोगिताहरु दर्शकबिना सन्चालन हुनेछन् । सीसीएमसीको सिफारिस बमोजिम जोखिम नियन्त्रणका लागि मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

Comment


Related News

Latest News

Trending News