अपडेट 
२०७८ बैशाख ६, सोमबार १२:३२

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ७३ हजार ८१० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा कोरोना संक्रमणबाट १ हजार ६१९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या एक करोड ५० लाख नाघेको छ । यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख ७८ हजार ७६९ जना पुगेको छ  । भारतमा हाल सक्रिय संक्रमितको संख्या १९ लाख २९ हजारभन्दा बढी रहेको छ । पछिल्लो २४ घण्टामा  भारतको महाराष्ट्रमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । त्यहाँ थप ६८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै उत्तर प्रदेशमा ३० हजार तथा दिल्लीमा २५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । भारतमा निरन्तर कोरोना संक्रमण बढेसँगै मुलुकका कतिपय अस्पतालमा आईसीयू बेड र रेमडेसिभिरजस्ता औषधिको अभाव देखिएको छ । हालसम्म भारतमा १२ करोड २३८ लाख ५२ हजार डोज कोरोना खोप लगाइसकिएको छ ।

Comment


Related News

Latest News

Trending News