अपडेट 
२०७८ बैशाख ६, सोमबार १६:२९

नेपालमा सोमबार थप १२ सय ८१ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको सात हजार १ पिसिआर परिक्षणका क्रममा १२ सय २७ र ५४७ वटा एन्टीजेन परिक्षणका क्रममा थप ५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८५ हजार ९ सय पुगेको छ । त्यस्तै थप ८ जनाको कोरोना कारण मृत्यु हुँदा हालसम्म तीन हजार ९१ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा थप २५५ जना कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा दुई लाख ७५ हजार ५५५ जना संक्रमित निको भएका छन् । हाल नेपालमा सात हजार २५४ जना आइशालेशन र ८१ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २३ लाख ५२ हजार ५०२ वटा पिसिआर परिषण गरिएको छ ।

Comment


Related News

Latest News

Trending News