अपडेट 
२०७८ बैशाख ६, सोमबार १८:४७

पर्सामा स्थानीय प्रशासनले बिना मास्क घर बाहिर निस्कनेलाई दण्डित गर्ने अभियान चालेको छ  ।

जिल्ला प्रशासन कार्यालय पर्साको निणर्य अनुसार जिल्ला प्रहरी कार्यालय पर्सा शस्त्रप्रहरीले सोमबार देखि बिना मास्क घर बाहिर निस्केको व्यक्तिलाई एक सय रुपैयाँ दण्डित गर्न अभियान चलाएको होे । संक्रामक रोग ऐन २०३० बमोजिम जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशन अनुसार पर्सा प्रहरीले घन्टाघर चौकमा मास्क नलगाउँनेलाई कारवाही गर्ने कार्य अघि बढाएको हो यसै गरी शस्त्रप्रहरीको वीरगन्ज भन्सार कार्यालयमा रहेको टोलीले शकंराचार्यद्धार नजिकैको चेक जाचमा मास्क नलागएर भारतबाट आउनु सबैलाई १सय जरिवाना गरेको छ ।

बिना मास्क बजारमा भेटिएकाहरुलाई प्रहरीले समातेर एक पटकको लागि सय रुपैयाँ जरिवाना तिराउँने र समझाईबुझाई अब उपरान्त बिना मास्क घरबाहिर ननिस्कने सर्तमा एक थान मास्क समेत दिएर छाडिने गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक (डिएसपी) ओमप्रकाश खनालले बताए । सोमबार बिहानैदेखि पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिकाको घण्टाघर चौक, माइस्थान,भानुचौक, रानीघाटलगायतको ठाउँमा समेत मास्क बिना हिडेकाहरुलाई कारवाही गरेको छ । घरण्टाघरमा बिना मास्क सोमवार दिउसो ३बजेसम्म भेटिएका १सय जनालाई  एक सयको दरले जरिवाना तिराइएको प्रहरी नायब निरिक्षक सुरेश साहले बताउनु भयो ।

त्यसै गरी माइस्थानमा प्रहरीले १५ जनालाई कारवाही गरेको डिएसपी खनालले बताए । कोरोना भाइरस महामारीको दोस्रो लहरको कारण सिमावर्ती जिल्ला पर्सा र बाराको अवस्था भयावह बनिरहेको बेला स्थानीय प्रशासनको आग्रहलाई अटेरी गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पूरा नगर्ने व्यक्तिमा जनचेतना अभिवृद्धि गर्न यस्तो गरिएको छ । प्रशासनले महामारीको प्रभावबाट जोगिन स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्दै भिडभाड नगर्न आग्रह समेत गरेको छ । पर्सा प्रहरीले वीरगञ्ज महानरपलिकालगायतका अन्य सबै पालिकाहरुमा म्याकिङ्ग तथा जनचेताना मुलक कार्यक्रमलाई पनि अगाडी बढाएको जनाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यो अभियान पर्साको सखुवा प्रसौनी गाउँपालिका,पर्टेवा सुगौली गापा,छिपहरमाई गाउँपालिका लगायतका स्थानिय पालिकाहरुमा समेत रहेको  र हाटबजारमा पनि शुरु गरिएको प्रहरी नायब उपरिक्षक खनालले बताए ।

पर्सामा तिव्र गतिमा कोरोना फैलिरहेको अवस्थालाई मध्य नजर गरी मास्क नलगाउँने उपर प्रहरीले कडा निति लिएको हो ।
पर्सा प्रहरीले बीरगन्ज महानरपलिका लगायतका अन्य सबै पालिकाहरुमा म्याकिङ्ग तथा जनचेताना मुलक कार्यक्रमलाई पनि अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News