अपडेट 
२०७८ बैशाख ७, मंगलवार ०६:३८

वीरगञ्ज । वीरगञ्जको शंकराचार्यद्धार नजिक चेकजांचको क्रममा सोमबार कोरोनाको लक्ष्ण देखिएको तीन भारतीय नागरिकलाई फर्काइएको छ । ६ जनामा कोरोनाको लक्ष्ण देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

शंकराचार्यद्धार नजिक रहेको स्वास्थ्य हेल्थडेस्कमा चेकजांच गर्दा कोरोनाको लक्षण भएको ६ जना व्यक्तिमध्ये भारतीय रहेका तीन जनालाई फर्काइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक बेलबहादुर पाण्डेले बताए । शंकास्पद संक्रमित मध्ये तीन भारतीयलाई फर्काउनुका साथै तीन नेपालीहरुलाई स्थानीय निकायको समन्वयमा क्वारेन्टाइन गरिएको उनले बताए । यसैगरि आइतबार नारायणी अस्पतालमा गरिएको परीक्षणमा पनि ६१ जना नयाँ कोरोना संक्रमित भेटिएको अस्पतालले जनाएको छ । अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दास अनुसार पर्साका ४९, बाराका ११ र सर्लाहीका १ जना गरी थप ६१ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये लगभग सबै सदरमुकाम वीरगञ्जका बासिन्दा हुन् । पर्सामा थपिएका ४९ जना संक्रमितमध्ये ४७ जना वीरगञ्ज महानगरको विभिन्न वडाका बासिन्दा रहेका डा. दासले जानकारी दिए । उनले अहिले नारायणी अस्पतालमा १९ जना संक्रमितको उपचार चलिरहेको बताए । थपिएका संक्रमितमा ५ वर्षीय बालकदेखि ७२ वर्षीय वृद्धसमेत रहेका छन् । उनीहरुको सिटि भ्यालु १४ देखि ३५.५ सम्म रहेको उनले जानकारी दिए । प्रदेश २ मा सोमबार १४ जना महिलासहित ७१ जना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशशनालयका अनुसार प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ४ सय ७१ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News