अपडेट 
२०७८ बैशाख ७, मंगलवार ०६:४१

जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमितको संख्या बद्दै गएपनि प्रदेश २ सरकारले कोभिड अस्पताल सञ्चालनमा aअझैपनि ध्यान गएको छैन् । पछिल्लो २४ घण्टामा प्रदेश भरिमा ७४ जना कोरोना पोजेटिभ फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

विगतका कोरोना संक्रमितलाई लक्षित गरि प्रदेश सरकारले धनुषामा मात्रै प्रादेशिक अस्पताल अन्तर्गत तीन वटा उपचार केन्द्र सञ्चालन गरेका थिए । प्रादेशिक अस्पताल अन्तर्गत रहेका जनकपुर नर्सिङ क्याम्पसलाई प्रदेश सरकारले कोभिड अस्पतालको रुपमा सञ्चालन गरेका थिए । त्यस अन्तर्गत धनुषाको नगराई नगरपालिकामा रहेको गंगुली र लक्ष्मीनियाँ गाउँपालिकामा रहेको सपहीमा कोरोना संक्रमितका लागि आईसोलेशनको व्यवस्था गरेको थियो । तर पछि समय कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेपनि ती अस्पताल र आईसोलेशन सञ्चालनमा प्रदेश सरकारले कुनै ध्यान नदिएको दिएको छैन् । जनकपुरका कोभिड अस्पतालका ईन्चार्ज डा. जामुन सिंहले कोरोनाको संख्या बढि रहेपनि जनशक्ति र बजेटको अभावमा चालु आर्थिक वर्षमा ती कोभिड अस्पताल अहिले सम्म सञ्चालनमा आउन नसकेको बताए । प्रदेश सरकारबाट ती अस्पताल र आईसोलेशन सञ्चालन गर्न परिपत्र आएपनि जनशक्ति र बजेटको अभावमा सञ्चालन हुन नसेको उनले बताए । प्रदेशको अस्थायी राजधानीमै कोभिड अस्पताल सञ्चालनमा नआएपछि सर्वसाधरण उपचारको लागि काठमाण्डु जान वाध्य रहेको डा. सिंहले बताए ।

विगतमा कोभिड अस्पताल सञ्चालन गरिएको जनकपुर नसिंङ क्याम्पसमा पठन पाठन सुरु भएकोले त्यसमा पुनः अस्पताल सञ्चालनको अवस्था नरहेको बताउदै डा. सिंहले भने,‘ कोभिड अस्पताल सञ्चालन गर्न सब प्रथम भवनको आवश्यकता रहेको छ, जुन अहिले सम्म व्यवस्थापन हुन सकेको छैन ।’ कोरोना संक्रमितलाई उपचार गर्न आवश्यक पर्ने उपचार उपकरण भएपनि ती उपकरण नर्सिङ क्याम्पसकै एक कोठामा थन्काएर राखिएको उनले बताए । गत १५ पुस देखि नै प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पताल बन्द गरिएको डा.सिंहले बताए । कोभिड अस्पताल सञ्चालनका लागि विगतमा एक सय कर्मचारी परिचालन गरिएको थियो, डा.सिंहले भने,‘ सय जना कर्मचारी पनि प्राप्त थिएनन, अहिले त ति कर्मचारीहरु पनि छैन, कसरी अस्पताल सञ्चालन गर्न सकिन्छ

Comment


Related News

Latest News

Trending News