अपडेट 
२०७८ बैशाख ७, मंगलवार १०:४०

अमेरिकाको स्पेस एजेन्सी (नासा) ले मंगल ग्रहमा हेलिकप्टरको सफलतापूर्वक उडान सम्पन्न गरेको छ ।

एजेन्सीले धेरै पहिलेदेखिको आफ्नो सपना पुरा भएको जनाएको छ । इन्जुनेटी नाम दिइएको हेलिकप्टर मंगल ग्रहमा एक मिनेटभन्दा कम समय उडेको जनाइएको छ । यससँगै नासाले अर्को विश्वमा पहिलो पटक हेलिकप्टरबाट नियन्त्रित उडान गराउन सकेको भन्दै उत्सव मनाइरहेको छ । मंगल ग्रहमा हेलिकप्टर उडेको जानकारी मंगल ग्रहमा रहेको सेटलाइटमार्फत आएको हो । नासाले यस्तै साहसिक उडान अझै धेरै गर्दै जाने जनाएको छ । इन्जुनेटीलाई अझै माथिसम्म उडाउनको लागि प्रयास गरिने पनि बताइएको छ । इन्जिनियरहरुले अहिले प्रविधिको सीमितताबारे पनि परिक्षण गरेका छन् । मंगल ग्रहमा धेरै पहिलेदेखि नै वैज्ञानिकहरुले उडानको लागि प्रयास गरेको भए पनि अहिले आएर पुरा भएको नासाले प्रष्ट पारेको छ । मंगल ग्रहमा गरिएको उडानलाई पृथ्वीमा राइट ब्रदर्सले सन् १९०३ मा गरेको उडानसँग तुलना गरिएको छ ।

Comment


Related News

Latest News

Trending News