अपडेट 
२०७८ बैशाख ८, बुधबार ०७:५२

धनुषा जिल्लामा पनि कोरोना भाइरस विरुद्धको खोपको दोश्रो डोज लगाउन सुरु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, धनुषामा मंगलबार बिहान १० बजेदेखि डोज दिन सुरु गरेको हो । पहिलो दिन मंगलबार पाँच सय जनलाई दोश्रो डोज दिएको जिल्ला स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ । सरकारले कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज देशभरी लगाउन सुरु गरेको हो । खोप अभियान सुरु भएपछि पहिलो चरणमा खोप लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो । पहिलो चरण अन्तर्गत २०७७ साल माघ १४ देखि २४ र फागुन २ देखि ११ गतेसम्म कोरोनाविरुद्धको खोप लिएकाहरुलाई दोश्रो डोज दिन लागेको हो । जिल्लामा माघ १४ देखि फागुन ११ गतेसम्म पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाइएको थियो ।जिल्लाका ९ हजार एक सय ५८ जनालाई दोश्रो डोज दिन लागेको खोप सुपरभाइजर अधिकृत राजदेव यादवले जनाए । यादवका अनुसार बैशाख ८ गतेदेखि जिल्लाको १८ वटै पालिकाहरुमा दोश्रो डोज दिने भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयसहित अन्य पालिकाहरुको कार्यालयमा दोश्रो डोज दिने तयारी रहेको उनले जनाए । बुधबार सार्वजनिक विदा रहेपनि खोप लगाउने कार्य भने बन्द नहुने भएको छ । पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका देशभरका ४ लाख ३९ हजारलाई दोस्रो डोज दिइने छ ।

Comment


Related News

Latest News

Trending News