अपडेट 
२०७८ बैशाख ८, बुधबार ०८:०२

अबका ६३ दिन कोरोना संक्रमण अझै बढ्ने खतरा रहेकाे स्वास्थ मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण दर २१.५५ प्रतिशत पुगेको भन्दै मन्त्रालयले आगामी नौ हप्ता अर्थात् ६३ दिन अझै कठिन हुने बताएको हो । मन्त्रालयले स्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गरिए ६३ दिनपछि भने संक्रमण क्रमशः घट्दै जाने जनाएको छ। पछिल्लो २४ घन्टामा देशभर आठ हजार ५५ जनाको पिसिआर परीक्षण गर्दा एक हजार सात सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । जुन कुल परीक्षणको २१ दशमलब ५५ प्रतिशत हो । यस अवधिमा संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

Comment


Related News

Latest News

Trending News