अपडेट 
२०७८ बैशाख ८, बुधबार ११:२८

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

मंगलबार बसेको बैठकमा कार्यसूचीका विषयमा छलफल भएपनि कुनै निर्णय नभएकाले आज पुन: बैठक बस्न लागेको हो । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाडाँमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न विषयसँग सम्बन्धित ६ बुँदे कार्यसूची तयार गरिएकाे जनाइएकाे छ । आजको बैठकमा स्थायी कमिटी सदस्यहरुले समसामयिक विषयमा रिपोर्टिङ गर्ने छन्। त्यसैगरी विभिन्न जिम्मेवारीमा रहेका स्थायी कमिटी सदस्यले पनि बैठकमा रिपोर्टिङ गर्दैछन् । बुधवारको बैठकमा नयाँ सरकार गठन र केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थनको विषयमा पनि छलफल हुने बताइएकाे छ ।

Comment


Related News

Latest News

Trending News