अपडेट 
२०७८ बैशाख ८, बुधबार १६:५८

पछिल्लो २४ घण्टामा देशभर २३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

काठमाडौं उपत्यकामा मात्र १०५१ जना थपिएका छन् । बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार पीसीआर विधिबाट २ हजार २२० र एन्टिजेन विधिबाट १३१ गरी जम्मा २ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको हो ।  यस्तै काठमाडौं उपत्यकामा काठमाडौंमा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जनामा गरी कुल १ हजार ५१ जना पुष्टि भएको पनि गौतमले जानकारी दिए । यससँगै देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ५८२ पुगेको छ । मन्त्रालयका अनुसार सोमबरदेखि आजसम्म २३ हजार ९०० जनामा  परीक्षण गर्दा ५ हजार ११४ जनामा संक्रमण पुष्टि भएको छ । 
यस्तै बितेको २४ घण्टामा ८ हजार ८४४ परीक्षणको पीसीआर र ८०३ जनाको एन्टिजेन परीक्षण भएको छ ।

Comment


Related News

Latest News

Trending News