अपडेट 
२०७८ बैशाख ८, बुधबार १८:५२

बजाज कम्पनीको मोटरसाइकल खरिद गर्दा धनुषाका एक जना भाग्यशालीले १० लाख रुपैया स्क्रेचमा पाएको छ ।

धनुषा जिल्लाको माटिझिटकहिया–६ का रोशन साफीले बजाज कम्पनीका पल्सर १५० सीसीको मोटरसाइकल खरिद गर्दा १० लाख रुपैयाँ हात पारेका छन् ।जनकपुरधामको मुजेलिया स्थित रहेको ओम अटो मोवाइल्समा बजाज शुन्य अफर अन्र्तगत सवै भन्दा कम १० हजार र सवै भन्दा बढी १० लाखको इनाम राखिएको छ । साफीलाई वुधवार एक कार्यक्रम विच ओम अटो मोवाइल्समा एक कार्यक्रम विच १० लाखको चेक हस्तान्तरण गरिएको थियो । बजाज शुन्य अफरमा शुरुमा १ र पछि जतिवटा शुन्य थपिन्छ त्यतिको इनाम दिने गरेको जनाइएको छ ।बजाज कम्पनीको शुन्य अफर अहिले मोटरसाइकल पारखिकोलागि एक दम्मै लाभदायक रहेको र मोटरसाइकलका पारखीहरु पनि अहिले उत्साहित भएर खरिद गरि रहेका छन् । शुन्य अफर लागु भएपछि अहिले सम्म ओम अटो मोवाइल्सवाट करिव ४ सय भन्दा बढी मोटरसाइकल विक्री भई सकेको जनाइएको छ ।चैत १ गते देखि शुन्य अफर चालु भएको सञ्चालकले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News