अपडेट 
२०७८ बैशाख ९, बिहीबार १०:२७

महोत्तरीमा बुधवार एकैदिन केहि घण्टाकै अन्तरालमा एक पुरुष र एक महिलाको शव फेला परेको छ ।

महोत्तरीको सम्सी गाउँपालिका ६ मा अन्दाजी २४ वर्षीय पुरुषको शव फेला परेका हो । नामथर वतन नखुलेको हेर्दा तराई मुलको जस्तो देखिने पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । मृतक पुरुषको शव प्रहरीले पोष्टमार्टमका लागि जलेश्वर अस्पताल पठाएको छ । उनको मृत्यू कसरी भएको विषयमा केहि खुल्न सकेका छैन । घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । यस्तै महोत्तरीकै मनरासिस्वा नगरपालिका १० मा मानसिक सन्तुलन ठिक नभएको मागि खाई हिड्ने एक महिला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको शव पनि पोष्टमार्टमका लागि जलेश्वर अस्पताल पठाइएको छ । ति महिलाको मृत्यूको कारण पनि खुल्न नसकेको र अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News