अपडेट 
२०७८ बैशाख ९, बिहीबार ११:१०

पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटबाट प्रहरीले पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–५ हाँडीखोला घर भएका २५ वर्षीय राजु राना मगर छन् । प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले उनको साथबाट एक थान पेस्तोल र २ वटा खाली म्याग्जिन बरामद गरेको छ । राना मगरले भारतीय बजार रक्सौलबाट पेस्तोल लिएर आएको प्रहरीलाई बताएका छन् । भारतबाट पैदल आएका राना मगरले कम्मरमा लुकाएर ल्याएको अवस्थामा पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।  

Comment


Related News

Latest News

Trending News