अपडेट 
२०७८ बैशाख ९, बिहीबार १३:३०

रौतहटमा चट्याङ्ग लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

आज बिहान चटयाङ्ग लागेर गुजरा नगरपालिका ८ को जयराजपुरमा रामलखन महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गुजरा ७ घर भएका महरा आफन्तको बिहेमा जयराजपुर आएका थिए । बिहान ५ बजे खेतमा शौच गर्न गएको बेला उनलाई चटयाङ्ग लागेको प्रहरीले जनाएको छ । महराको शव पोष्टमार्टमको लागि चन्द्रपुर अस्पतालमा राखिएको रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए ।

Comment


Related News

Latest News

Trending News