अपडेट 
२०७८ बैशाख १०, शुक्रबार ०७:१२

नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल बिहीबार साँझ जनकपुरधाम आइपुगेका छन् ।

काठमाण्डुमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीसँग छलफल गरेलगत्तै उनी हवाई मार्गबाट जनकपुरधाम आइपुगेका हुन् । जनकपुर विमानस्थलमा उनलाई माओवादी केन्द्रका नेताद्वय रामचन्द्र झा र रामकुमार शर्माले फूलमाला लगाएर स्वागत गरे । यस्तै एमाले प्रदेश २ संसदीय दलका नेता शत्रुधन महतोलगायतका नेता कार्यकर्ताहरु पनि स्वागत गरेका छन् । नेता नेपाललाई पूर्वमन्त्री समेत रहेका माओवादी नेता झाले आफ्नो घर आउन निम्तो समेत दिए । सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले पार्टी अध्यक्ष ओलीसँग कुनै सहमती नभएको बताए । अब कसरी अगाडी बढ्नुहुन्छ भन्ने जिज्ञासामा उनले ‘पछि भन्छु’ भन्दै हिँडेका थिए । विमानस्थलबाट उनी सोभैm सीताशरण होटल पुगेको र त्यही बस्ने व्यवस्था मिलाइएको एक नेताले जानकारी दिए । नेता नेपाल जनकपुरस्थित मोडल क्याम्पसका संचालक विरेन्द्र साहको छोरीको विवाह र पूर्वमन्त्री यदुवंश झाको नातीको ब्रतबन्धमा सहभागी हुनेछन् । उनले विवाह र ब्रतबन्ध बाहेक प्रदेश २ का आफ्ना नेता कार्यकर्तासँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

Comment


Related News

Latest News

Trending News