अपडेट 
२०७८ बैशाख १०, शुक्रबार १५:०७

वीरगञ्जमा गरिएको परीक्षणमा पर्साका ५७ सहित ७८ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रयोगशालामा १ सय ३८ वटा स्वाबका नमूना परीक्षण गर्दा पर्साका ५७, बाराका १८, सर्लाहीका २ र धनुषाका १ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ । संक्रमित हुनेमा ३ देखि ७० वर्ष उमेर समूहका रहेको बताइएको छ । नारायणी अस्पतालको आइसोलेसनमा ३१ जना संक्रमित उपचाररत छन् । एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News