अपडेट 
२०७८ बैशाख ११, शनिबार ०६:३४

राजविराज । मधेशमा बढ् दो दाईजो प्रथालाई चुनौती दिदै सप्तरीमा शुक्रबार १७ मिनेटको समयमै एक जोडीको आदर्श अन्तरजातीय विवाह सम्पन्न भएको छ ।

सप्तरीको बोदे बर्साईन नगरपालिका ९ देउरी बस्ने २४ वर्षीय हरीनारायण साह र सिरहा नगरपालिका १९ सनहैठा बस्ने २१ वर्षिया अम्बिका कुमारी यादवबीच दाईजो बिना आदर्श विवाह सम्पन्न भएको हो । विवाहका लागी राजविराज ७ स्थित पुर्ण ब्रह्मा कविर उपासक समाज सप्तरीले संयोजन गरेको थियो । बेहुला बेहुली दुबै पक्षका गरी ५४ जनाको सहभागितामा आयोजित वैवाहिक समाहरोमा विवाहको विधी स्वरुप रमैनि पाठ गरिएको थियो । १७ मिनेटमै पाठ र बेहुला बेहुलीको हातमा रक्षाको धागो बाँध्ने काम सम्पन्न भएपछि विवाहको कार्यक्रम पनि पुरा भएको संस्थाका संयोजक विवेकानन्द सिंहले जानकारी दिए । स्थानीय सतलोक आश्रममा आयोजित वैवाहिक कार्यक्रममा भडकिलो खालको खर्चा समेत नगरी सहभागीहरुलाई संस्थाकै तर्फबाट चिया विस्कुट खुवाएर विदाई गरिएको संयोजक सिंहले बताए । उनले विवाहमा दाईजोको लेनदेन गर्ने चलन बढेका कारण महिला हिंसा,हत्या,आत्महत्या,भ्रुण हत्या जस्ता अपराधिक घट् ना पनि बढ्दै गएकाले यसलाई निरुत्साहित गर्न र उदाहरणीय विवाहलाई प्रोत्साहन गर्ने उदेश्यले संस्थाले अग्रसरता देखाएको भन्दै भविष्यमा पनि यस्ता विवाहलाई अझै प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

विवाह अवधिभर भारतका चर्चित सन्त रामपालजी महराजको टेलिभिजन मार्फत कथा वाचन र प्रवचन प्रसारण गरिएको थियो । बेहुला बेहुलीका साथै विवाहमा सहभागी सबैले मास्क लगाई कार्यक्रममा सहभागिता जनाएका थिए । बेहुला बेहुली फरक फरक जातीका रहेका कारण यसलाई अन्तरजातीय विवाहको रुपमा समेत लिईएको छ । विवाहलाई सुरक्षित गराउन उनीहरुको विवाह दर्ता समेत गराई सकिएको संयोजक सिंहले जानकारी दिए । बेहुला बेहुली दुबै पक्षका अभिभावक तथा आफन्तजनको सहभागिता रहेको कार्यक्रममा दाईजो प्रथालाई चुनौति दिदै आयोजना गरीएको यस्तो मितब्ययी परम्पराको सहभागीहरुले प्रशंसा समेत गरेका छन् ।

Comment


Related News

Latest News

Trending News