अपडेट 
२०७८ बैशाख ११, शनिबार ०६:४१

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकामा शुक्रबार दुई योजनाको शिलान्यास गरिएको छ । नगरप्रमुख रामज्ञान मण्डलले वडा नं. ३ र वडा नं. ५ मा छुट्टाछुट्टै योजनाको शिलान्यास गरेका हुन् ।

वडा नं. ३ मा १२ लाख लगतमा हुन लागेको पीसीसी ढलानको नगरप्रमुख मण्डलले एक कार्यक्रमका बीच शुक्रबार शिलान्यास गरेका हुन् । वडाध्यक्ष उदय सिंहको अध्यक्षतामा भएका कार्यक्रममा नगरप्रमुख मण्डलले नगरभरिको सडकहरुको स्तोरन्नती गर्ने अभियानमा लागेको बताए । वर्षायाममा आवतजावत नै अवरोध हुने गरेको यस पालिकाको सडकहरुलाई स्तरोन्नती गर्दै सदरमुकाम आवतजावत सहज बनाउन लागेको उनले थपे । यस्तै, नगरप्रमुख मण्डलले वडा नं. ५ मा पनि पीसीसी सडक ढलानको शिलान्यास गरेका छन् । आठ लाखको लागतमा वडा नं. ५ मा सडक ढलान हुन लागेको हो ।

वडाध्यक्ष शिवशंकर दासको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरप्रमुख मण्डलले सडकको शिलान्यास गरेका थिए । सो अवसरमा कार्यपालिका सदस्य श्याम राउत, युवा नेता सुजित कापर, विद्यार्थी नेता सुधिर मण्डल, उपभोक्ता समितिका अध्यक्ष लगायतका पदाधिकारी र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News